गोरोखा संबाददाता- केही समय अघि सर्बाधिक चर्चा सहित टेलिभिजनमा प्रसारण भएको अन्तरास्ट्रिय टेलिभिजन फ्रेन्चाईज शो को नेपाली सस्करण ‘को बन्छ करोडपती’ फेरि टेलिभिजन प्रसारणको लागि जमर्को चलेको छ ।
शोको आधिकारिक फेसबुक पेजमा आयोजकले एक स्टाटस लेख्दै यो कुराको जानकारी गराएको हो । यता शोको केही विशेष भागहरुलाई गुन्द्रुक युट्युब च्यानलबाट सार्बजनिक सुरु भएको छ । जसको पहिलो भागको रुपमा रवि लामिछाने उपस्थिति रहेको एपिसोड हुन पुगेको छ । हेर्नुस् उक्त एपिसोड ।
केबिसीले पोस्ट गरेको स्टाटसमा दर्शकको अभुतपुर्व आग्रहले हर्षित भएका कारण पुन प्रसारणका लागि कोशिस गरिरहेको भनिएको छ । हेर्नुस् यस्तो छ स्टाटस “को बन्छ करोडपति पुन: प्रशारण गर्नुपर्छ भनेर आएको दर्शकको अभुतपूर्ण आग्रहले हामीलाई एकदम हर्षित बनाएको छ । टीभीमा पुन प्रशारण गर्न हामी कोशिस गर्दै छौ ।
अहिलेको लागि हामीले Gundruk YouTube Channel मा हाम्रो विशेष अंक ‘को बन्छ करोडपति Express Series’ को माध्यमबाट ‘को बन्छ करोडपति’ का केही उत्कृष्ट भागहरु आज सांझ ७ बजेदेखि दैनिक रुपमा एक एक गरी प्रस्तुत गर्न गइरहेका छौ । लकडाउनको पालना गर्नुहोस्, ‘को बन्छ करोडपति Express Series’ हेरेर मनोरञ्जन लिनुहोस् ।
यो भीडीओ हेर्नुस :




















