नेपालमा अहिले कोरोनाको त्रास झन-झन बढिरहेको छ । यस्तो अवस्थामा नेपाल सरकारले नेपाल लकडाउन गरेको छ भने चलिरहेको सम्पुर्णको दैनिकी यतिबेला घरभित्रै थुनिएको छ । यता सभा समारोह, कन्सर्ट लगायतका ठूलो जनमानस भेलाहुने कार्यक्रमहरुलाई भने लकडाउन अघि नै सरकारले रोकिसकेको थियो । यसैले पनि चितवनमा हुने “मेफा आईकन फेसन शो एन्ड म्युजिकल ईभेन्ट-२०२०” ले तिब्रता रुपमा तयारी सुरु गर्न पाएको छैन ।
तर अब भने सबै नेपाली घरभित्रै रहेको मौका छोपी प्रचारप्रसारलाई भने अगाडि बढाउने आयोजकले जनाएको छ । ईभेन्टका आयोजक सुरजका अनुसार अब कोरोनाको त्राश कम तथा लकडाउन खुले लगत्तै कार्यक्रमलाई तिब्रता दिइने बताए । “तर, अडिसनको लागि भने अहिले देखिनै हामी तयारी मा जुटेका छौ” उनी भन्छन् “मोडलहरु कलेक्सन गर्ने कार्य हाल भैरहेको र लकडाउन खुलेपछि पहिलो चरणको अडिसन गर्नेछौ ” । शोलाई वाई ईभेन्ट्स प्रालीले संचालन गर्दैछ ।
ईभेन्टको शो टपरले डिप्लोमा लेभलको मेकअप कक्षा, पब्लिक च्वाईस अवार्ड प्राप्त गर्नेले एड्भान्स लेभलको मेकअप कक्षा र मेफा आईकनको अवार्ड प्राप्त गर्नेले नगद पुरस्कार, मोबाईल, क्राउन, ट्रफी लगायत थुप्रै पुरस्कार पाउने छन् । यस्तै शोबाट बेस्ट मोडल पनि छनौट गरिनेछ भने छनौट भएका बेस्ट डिजाईनर र बेस्ट मोडलले टुर प्याकेज पाउनेछन् । यस्तै शोमा सहभागी भैसकेपछि र्याम्प वाल्क कक्षा संगै पोर्ट्फोलियो शुट, ईन्डोर आउटडोर फोटोसुट, भिडियो, थिम सुट, सेमि थिम सुट लगायतका अवसर प्राप्त गर्नेछन् ।
उत्कृष्ट सहभागीलाई म्युजिक भिडियो, सर्ट मुभी, वेव सिरिज तथा फिल्ममा समेत मौका दिइने सुरजले बताए । सहभागी हुनको लागि कुनैपनी किसिमको उचाई र मोटाईले फरक नपर्ने उनी बताउछन् । तर १६ देखि ३० वर्ष सम्मका नेपाली नागरिकले मात्र शोमा सहभागी हुन पाउने छन् । सहभागीताको लागि फारम शुल्क ५०० लाग्नेछ भने छानिएका प्रतिष्पर्धीहरुका लागी तालिम शुल्क २५०० लाग्ने छ । हाल फारम बितरण तथा अडिसनको काम भैरहेको हुनाले ९८१२२१९८४४ र ९८२७२८५९१७ मा सम्पर्क गरि सहभागीको लागि बिस्तृत बुझ्न सकिने सुरजले बताए ।




















