एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । भारतमा हिजो मात्रै थप ४ जनाको ज्यान गएको हो । एकै दिन थप १०० जना संक्रमित थपिएका छन् ।
योसँगै संक्रमित हुनेको संख्या ९८७ पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको ज्यान गएको छ । तिमध्ये १ जना चिकित्सक समेत छन् ।
शनिबार गुजरात र तेलंगानामा संक्रमणबाट १÷१ जनाको ज्यान गएको छ । संक्रमण भारतको कर्नाटक र नयाँ दिल्ली, महाराष्ट्र, पञ्जाव, बिहार र गुजरात लगायत प्राय सबै प्रदेशमा देखिएको छ ।
संक्रमितमध्ये ८४ जना निको भएर घर फर्किएका छन् । भारतमा कोरोना भाइरस नियन्त्रण बाहिर गए विश्वभर नै अर्को ठुलो भयावह स्थिति आउने चेतावनी विज्ञले दिदै आएका छन् ।


