गोरखा समाचारदाता
काठमाडौं – सिमावर्ती बजार मर्यादपुरबाट भारतीय सुरक्षाकर्मीले अपहरण गरेका नेपाली मोबारक खाँ मुक्त भएको छ ।
कपिलबस्तु यशोधरा गाउपालिका ८ मटेरियाका ४५ वर्षे खाँलाई भारतीय सुरक्षाकर्मीले १९ गते शनिबार दिउँसो मर्यादपुर बजारबाट अपहरण गरेका थिए ।
खाँ ले राजधानीमा पत्रकार सम्मेलन गर्दै आफुलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेको जानकारी दिएका हुन् ।
उनलाई युपी ५५ एक्स ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर भारतर्फ लागेका थिए ।


