गोरखा समाचारदाता
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने जनाएको छ ।
नेपालमा अहिलेसहित ३ पटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा गिरावट आएपछि चिसो भने लामै समय सम्म रहने अनुमान महाशाखाले गरेको छ ।
वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम पनि जारी रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापिय प्रणालीका कारण हाल देशका पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी स्थानहरुमा सामान्य बदली रहेको र देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।


