गोरखा समाचारदाता
गोरखा – पहिरो रोकथामका लागि भन्दै बन्द गरिदै आएको मुग्लिन–नारायणगढ सडक खण्ड २४ गते सम्म बन्द हुने भएको छ । कामका लागि दैनिक बिहान ११ बजे देखी ३ बजे सम्म बन्द गरिदै आएको छ ।
मंसिर २७ गतेबाट पौष १५ गते सम्मका लागि बन्द गरीएको उत्त बाटो काम नभ्याउने भए पछि दोश्रो पटक म्याद थप गरी पौष २२ गते सम्मलाई दिउँसो ४ घण्टा बन्द गरिदै आएको थियो । पहिरो रोकथामका लागि पहाडको ढुङ्गा पन्छाउने काम अझै नम्याउने भए पछि अन्तिम पटक २ दिनको म्याद थप गरीएको छ । अब भने पौष २४ गते सम्मलाई उत्त बाटो दिउको लागि बन्द हुने छ ।
आयोजनाले मंगलबार एक सूचना जारी गर्दै काम नसकिएकोले थप २ दिनका लागि बाटो बन्द हुने जनाएको छ । गत वर्ष अधिकांश ठाउँमा पहिरो नियन्त्रणको काम पूरा भए पनि ८ स्थानको काम बाँकी भए पछि काम थालिएको थियो ।
आयोजनाका अनुसार उत्त स्थानहरुमा आधुनिक शैलीको रक नेटिक र रक बोल्टिङ गरेर पहिरो रोक्ने प्रयास भई रहेको छ।
अहिले गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे मन्दीर छेउ, चारकिलो, टोपेखोला, कालीखोला क्षेत्रमा पहिरो रोकथामका लागि कामहरु भैरहेका छन् ।




















