गोरखा समाचारदाता
काठमाण्डौं – कतै पनि जागीर नपाएर भौतारी रहनु भएको छ भने अब सरकारी जागीर खानको लागि तयार हुनु होला । नेपाल सरकारको विभिन्न सरकारी कार्यालयको नायब सुब्बा पदका लागि जागीर खुल्ला गरेको छ ।
लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि विज्ञापन खुलाएको हो ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार ५४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।
त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल स्थित कार्यालयमा दरखास्त दिन सकिनेछ ।
दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ब्यवस्था मिलाएको छ।


