एजेन्सी – इराकको विभिन्न क्याम्पमा रहेको अमेरिकी सेना माथि इरानले मंगलबार राती रकेट प्रहार गरी आक्रमण गरेको छ ।
इराकलाई आधार मानेर दर्जन भन्दा बढि मिसाईल प्रहार भएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् । यो आक्रमणपछि वासिङटन र तेहरानबीच थप तनाव हुने देखिएको छ ।
अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या भएपछि दुई देशबीच तनाब बढेको छ । सुलेमानीको हत्याको बदला लिने इरानले उदघोष गरिसकेको छ ।
सुलेमानीको अन्तेष्टी हिजो मात्र सम्पन्न भएको थियो । सो अन्तेष्टीको भोलीपल्टै इरानले अमेरिकी सैनिक क्याम्पमा आक्रमण गरेको हो।


