रासस
भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्नुभएको छ । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले अब सातवटै प्रदेशमा केन्द्रको कार्यालय विस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाइ र वितरणको काम शुरु गर्ने गृहकार्यमा लागेको बताउनुभयो । उहाँले ७५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेशमै केन्द्रको कार्यालय खोलेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
फागुन र वैशाखबाट नयाँ शैक्षिकसत्र शुरु हुने भएकाले पाठ्यपुस्तक समयमै पुरयाउन सकिने आधार पाएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा समयमै केटाकेटीलाई पुस्तक पुरयाउने हाम्रो पहिलो जिम्मेवारी पूरा गर्न सक्छौ, कुनै समस्या आएमा सचिवस्तरीय बैठकले सुल्झाएर अगाडि बढ्छ ।”
आफू २०७२ सालमा शिक्षामन्त्री हुँदा रङ्गीन पुस्तक छपाउने सपना र निर्णय अहिले पूरा भएको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “मेरो २०७२ को सपना अहिले आएर साकार हुदै आएको छ, २०७२ मा नेपालको झण्डा पनि कालो छापिन्थ्यो, त्यसैले रङ्गीन पुस्तक छाप्ने निर्णय गरयौ, अहिले कक्षा ८ सम्म पुस्तक रङ्गीनमा छाप्दैछौँ, त्यो सपना पूरा हुदैछ ।”
समयमै पुस्तक छपाइ गरेर समयमै विद्यालयहरुमा पु¥याउन केन्द्रले आफैँलाई परिवर्तन गर्दैै लैजानु जरुरी रहेको बताउँदै उहाँले केन्द्र अब आफैँ पनि आत्मनिर्भरतर्फ जानुपर्ने बताउनुभयो । सार्वजनिक संस्था जसरी पनि सफल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले केन्द्रमा नयाँ प्रविधि र नयाँ मेशिन आएकाले पुस्तक छपाइसँगै संस्थालाई आत्मनिर्भर बनाउन नयाँ योजना र नयाँ काम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सचिव दाहालले कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने, संस्थागत प्रबन्ध गर्दै समयानुकूल यसको संरचना र कर्मचारीलाई नयाँ ढङ्गले लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले केन्द्रले अब पुस्तकमात्रै छाप्ने नभई सबै मेशिनलाई पूर्ण उपयोग गर्ने गरी बाहिरबाट काम ल्याएर सञ्चालन गर्दै संस्थाको आम्दानी बढाउनेतिर लाग्नुपर्ने बताउनुभयो ।
केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमिल्सिनाले विगत दुई वर्षदेखि समयमै पुस्तक छपाइ सकेर डिलरमा पु¥याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकको पैसा नगरपालिकामा गएको हुन्छ, त्यहाँबाट विद्यालयमा जान ढिला भयो र नगरपालिका तथा विद्यालय बीचको संयोजन मिलेन भने पनि पुस्तक समयमै पुग्दैन, समयमै पुस्तक छपाइ सकेर सबै पुस्तक क्षेत्रीय कार्यालयमा पु¥याउने र एक हजार एक सय डिलरबाट मार्फत वितरण गर्ने गरेका छौ ।”
स्कुलमा समयमै बजेट पुगेन भने पनि किताब नउठाइदिने गरेको बताउँदै कतिपय अवस्थामा नगरपालिकाले रकम निकासा नगरिदिँदा विद्यार्थीको हातमा समयमै पुस्तक नपुग्ने गरेको उहाँको भनाइ थियो ।
यो वर्ष १० कक्षासम्म दुई करोड पुस्तक छपाइ गर्ने बताउँदै सञ्चालक तिमिल्सिनाले कक्षा ५, ९ र १० का लागि आवश्यक एक करोड १० लाख पुस्तक छापिसकेको बताउनुभयो ।
उहाँले कक्षा ६, ७ र ८ को नयाँ कागज र नयाँ प्रिन्ट चार कलरमा छाप्ने भएकाले छपाइ प्रक्रिया शुरु भइसकेकाले अब तीन महिनाभित्र सबै पुस्तक छपाइ सकेर वितरण गर्ने बताउनुभयो । उहाँले दुई चरणमा चालु पुस्तक छपाइ प्रक्रिया अब तीन चरणमा सञ्चालन गर्ने बताउँदै पुस्तक अभाव हुन नदिने बताउनुभयो ।
अनुगमनमा मन्त्रीसहितको टोलीले रङ्गीन पुस्तक छपाइ, नयाँ उच्च प्रविधिको मेशिन, सुरक्षण मुद्रणालयको छपाइलगायत केन्द्रको भौतिक संरचनाको अनुगमन र जानकारी लिएको थियो ।
आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने
काठमाडौँ, २२ पुस ९रासस० स् कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो ।
त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा अनियमितता र कर्मचारीको आन्दोलनले काममा नकारात्मक असर पारेको हुन्थ्यो । राजनीतिक स्थिरता र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको व्यवस्थापन सुधारसँगै आगामी शैक्षिक सत्रका लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण भइसक्ने भएको छ ।
पाठ्यपुस्तक छपाइको प्रगति अवस्था बुझ्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको मन्त्रालयको टोलीलाई केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध हुने विश्वास दिलाएको हो । सोही लक्ष्यका साथ आवश्यक मेशिन र कागजको प्रबन्ध गरी काम भइरहेको केन्द्रको व्यवस्थापन पक्षले अवगत गराएको छ ।
केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८०० थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिएकामा हालसम्म शतप्रतिशत छपाइ गरेको छ । कक्षा ५ देखि १० सम्मका दुई करोड ७२ लाख तीन हजार ४१४ थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा हालसम्म ९७ लाख थान उत्पादन भई ४६ दशमलव प्रगति भएको छ ।
सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रङ्गीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम ‘उड फ्रि’ कागजमा रङ्गीन पाठ्यपुस्तक छपाइ भइरहेको छ ।
केन्द्रले हाल दुई सत्रमा मेशिन सञ्चालन गरी कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक दैनिक एक लाख थानभन्दा बढी सङ्ख्यामा छपाइ गरिरहेको केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले ती कक्षाका पाठ्यपुस्तकको ‘सिआरपी’ पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले आउँदो चैत २० गतेभित्र छपाइ सकाएर चैत मसान्तभित्र बिक्री वितरणका लागि पठाइसक्ने गरी कार्य गरिरहेको बताउनुभयो ।
कूल रु ५० करोड अधिकृत पूँजी रहेको सो केन्द्रमा विगतमा रु दुई खर्ब संचित नोक्सानी रहेकामा गत वर्ष निर्वाचन आयोगका काम गरेपछि त्यसबापत रु साढे एघार करोड नाफा भई केही राहत मिलेको प्रबन्ध सञ्चालक तिमिल्सनाले जनाउनुभयो । गत वर्ष केन्द्रलाई चालू पूँजीका लागि अर्थ मन्त्रालयले रु ५० करोड सहुलियत ऋण दिएकामा रु १० करोड फिर्ता गरिसकेको छ । केन्द्रले सरकार र बैंकहरुलाई तिनुपर्ने अझै रु एक अर्ब ३४ करोड ऋण छ भने यसको वार्षिक ब्याज रु १४ करोड हुन्छ ।
केन्द्रले बाँकेको खजुरामा प्रेस स्थापना गरी सञ्चालनमा ल्याएको छ भने पाठ्यपुस्तकका अतिरिक्त उत्तरपुस्तिका, अभ्यास पुस्तिका, प्रश्नपत्र, इ–विल्डिग, सवारी दर्ता प्रमाणपत्रलगायत विभिन्न संवदेनशील सामग्री छपाइ गरी आफूलाई आत्मनिर्भर बनाउन थालेको छ । “हामीसँग चौबिसँै घण्टा चल्न सक्ने मेशिन छ, पाठ्यपुस्तकबाहेकका कामसमेत ल्याइ त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गरेमा संस्था आत्मनिर्भर बन्नेछ”, तिमल्सिनाले भन्नुभयो ।
प्रवक्ता चित्र आचार्यका अनुसार पाठ्यपुस्तक भण्डारण गर्न थप नौ गोदाम बनाइएको र रु १५ करोडको अत्याधूनिक चार रङ्गको ३२ पेज छपाइ गर्ने दुई वेभ मेशिन र एक चार रङ्गको छपाइ गर्ने जापानी मेशिन खरिद गरेको छ । उक्त मेशिनले दु्रत गतिमा छपाइ गरिरहेको जनाइएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक यसअघि नै रङ्गीन छापिन थालेका थिए ।
आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक पर्ने पाठयपुस्तकमध्ये कक्षा २ देखि ५ सम्म र कक्षा ९ र १० का पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणका लागि केन्द्रका नौ कार्यालयका गोदाममा भण्डारण गरिएको छ । नेपाल सरकारको राष्ट्रिय नीतिअनुरुप विगत ६५ वर्षदेखि केन्द्रले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।


