×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पृथ्वीनारायण शाह हिडेको बाटो पछ्याउदै नेपाली सेना

  •  
  • शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा नेपाली सेनाले गोरखा देखी काठमाण्डौं सम्मको पदयात्रा सुरु गरेको छ ।

    तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।

    युनिफिकेसन ट्रेल निर्माणका लागि नेपाल सरकारलाई सघाउने उद्वेश्यका साथ सेना उत्त मार्गमा पत्रयात्रामा हिडेको नेपाली सेनाका पश्चिम पृतना गोकुल भण्डारीले बताए ।

    पुस २७ गते काठमाण्डौंको सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन नेपाली सेनाको टोली आज (शुक्रबार) गोरखाबाट हिड्को हो । एक कार्यक्रमका बिच गोरखा दरबारको हनुमान चौताराबाट बिहान ९ः१० बजे टोलीलाई बिदाई गरिएको छ ।

    बिदाई पुर्व पृतनापती भण्डारी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र भीमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले ‘टर्च, र नेपालको झण्डा टोलीलाई हस्तान्तरण गरेका थिए ।

    पदयात्रामा हिडेको टोलीले पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवहादुर र सबुद गणको झण्डा सहित करिब ४० जनाको टोली पदयात्रामा निस्कने छ ।

    गोरखा दरर्बारबाट निश्किएको टोलीमा गुरुजीको पल्टनका १० जना सैनिकहरु परम्परागत पोशाकमा सहभागि भएका छन ।

    पदयात्रामा सहभागी सैनिकहरु आजै साँझ सम्मा पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ्ग, घाटेबेंसी हुँदै बोर्लाङ्गघाट पुग्नेछन् । टोलीले धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डाहरु धादिङको टोलीलाई बुझाउने कार्यक्रम छ ।

    यसैगरी धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौलाई हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ नै काठमाण्डौ पुग्ने कार्यक्रम रहेको छ । रिले दौड जस्तै गरी १८ गते गोरखाबाट लगिएको टर्च र झण्डा २७ गते काठमाण्डौंको कार्यक्रममा पु¥याइने छ ।

    गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले यस्तो कार्यले ऐतिहासिक पदमार्गको प्रर्वद्धन गर्नु साथै पर्यटन प्रवद्र्वनमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

    तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा काठमाण्डौं जान प्रयोग गरेको बाटोलाई एकिकरण पदमार्ग बनाउने बिषयमा केही साता अगाडी गोरखा आएका संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेशकुमार भट्टराईले समेत प्रतिबद्वता जनाएका थिए । पदमार्गको सम्भाव्यता अध्ययनको काम भइरहेले आगामी वर्ष सरकारले बजेट विनियोजन गर्ने समेत उत्त कार्यक्रममा मन्त्री भट्टराईले बताएका थिए ।

    राष्ट्रिय विभूती पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाण्डौं हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यहरुलाई एकिकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालिन बाटोलाई पदमार्ग बनाएर पर्यटन पर्वद्धन गर्ने सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकलाई अझै आर्कर्षित गर्न सकीन्छ ।

    केही महिना अघि मात्रै पनि नेपाली सेनाले गोरखाको ऐतिहासिक लिगलिगकोटबाट गोरखा दरर्बारसम्म आउन बाटो प्रयोग गर्दै म्याराथुन दौड समेत सम्पन्न गरी सकेकोे छ ।

    कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वर पाण्डे, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लतायतले शुभ कामना मनतब्य राखेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.