गोरखा समाचारदाता
काठमाडौं – बाजुरामा आज भएको जीप दुर्घटना हुँदा ४ जनाको गएको छ।
बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन् ।
से१च १०६४ नम्बरको जीप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो।
घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ ।
एकजना नदीमा हराइरहेको प्रहरीले जानकारी दिएको छ ।
जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।




















