गोरखा समाचारदाता
काठमाडौं – नेपाल प्रहरीले विभिन्न पदका २ हजार ६१९ जना प्रहरीको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरी सई, असई र हवल्दारहरु गरी उत्त संख्याका प्रहरीहरु सरुवा गरेको जनाएको छ।
जारी गरेको विज्ञप्ती अनुसार ६८९ सई, ८७२ असई र १ हजार ५८ जना हवल्दारहरुको सरुवा गरेको छ।




















