गोरखा समाचारदाता
काठमाडौँ – नेपाल टेलिकमले देशको ६० जिल्लामा फोर जी सेवा विस्तार गरेको छ ।
टेलिकमले ग्एको गत असोज १५ गतेबाट देशको विभिन्न जिल्लामा फोरजी सेवा सुरु गरे यता अहिले सम्म ६० जिल्लामा विस्तार गरेको हो ।
जिल्लाका मुख्य शहरमा ९०० सयभन्दा बढी साइट स्थापना गरी सेवा विस्तार गरेको जनाएको छ । टेलिकमको दावी अनुसार नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो कम्पनील भएको छ ।
नेपालमै पहिलोपटक कम्पनीले २०७३ पुस १७ गतेबाट फोरजी सेवा सुरु गरेको थियो ।
टेलिकमले जनाए अनुसार अहिलेसम्म हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लाका मुख्य मुख्य स्थानमा फोरजी सेवा पुगेको छ ।




















