हरीकार्की ‘लक्की’
चितवन – चितवन रिकण्डिसन व्यवसायी संघको भेलाले सूर्य अधिकारीलाई निविरोध अध्यक्षमा चयन भएको छ । भरतपुरमा भएको भेलाले अधिकारीको नेतृत्वमा ११ सदस्यी समिति समेत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक खड्का, सचिवमा घनश्याम न्यौपाने, सह सचिवमा जनक ढकाल र कोषाध्यक्षमा दिनेश पौडेल चयन भएका छन । यस्तै समितिको सदस्यहरुमा दिपक रेग्मी, सन्तोष थपलिया, शिव तिवारी, शिव लामिछाने ,अर्जुन लामिछाने र अविनाश खनाल सर्व सम्मत चयन भएका छन ।
भेलाले कपिल सागर कर्माचार्य, महेश थापा, विकास थापा, सूर्य बहादुर सुनार र प्रबिन श्रेष्ठलाई सल्लाहकारमा समेत चयन गरेको छ । त्यस्तै गरी धमेन्द्र थापालाई कानुनी सल्लाहकारमा चयन गरिएको छ ।
निवार्चित अध्यक्ष अधिकारीले संघ सबै रिकण्डीसन व्यवसायीको साझा संघ भएको भन्दै अवका दिनमा व्यवसायीहरुको विभिन्न समस्या र हितको बारेमा घनिभूत छलफल र काम गरिने अधिकारीको बताए ।



