×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काँग्रेसमा भागबन्डा विवाद कायमै महाधिवेशन अर्को वर्ष गर्ने सैद्धान्तिक सहमति

  •  
  • मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारद गौतम

    काठमाडौँ, पुस १ गते । नेपाली काँग्रेसभित्र १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा बढेको मतान्तर अब सहमतिमै टुङ्ग्याउने गरी अगाडि बढेको छ । तर पनि संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० र ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ ।

    संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि महाधिवेशनको कार्यतालिकासहित विभाग गठन गर्ने, नेपाल विद्यार्थी सङ्घ तथा नेपाल तरुण दलको कार्यसमिति बनाउन सहमतिमै टुङ्ग्याउने सैद्धान्तिक सहमति भएको छ । सहमतिको प्रयासकै लागि सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक यही पुस २ गतेसम्मका लागि स्थगित भएको छ ।

    केन्द्रीय सदस्य बालकृष्ण खाँणले मङ्गलबार थप छलफल गरेर बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनसम्बन्धी आवश्यक निर्णय हुने बताउनुभयो । सभापति शेरबहादुर देउवाले सहमतिको वातावरण बनाउन उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिनुभएको छ ।

    उपसभापति निधिले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा गहन छलफल गर्नुभयो । द्विपक्षीय छलफलपछि उपसभापति निधिले सभापति देउवासँग छलफल गरेर निष्कर्षमा पुगौँ भन्नुभएको जानकारी केन्द्रीय सदस्य हृदयराम थानीले दिनुभयो । वरिष्ठ नेता पौडेलले सहमतिको वातावरण निर्माणका लागि नेताहरू प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीलाई जिम्मेवारी दिनुभएको छ ।

    चाक्सीबारीको छलफलमा केही प्राविधिक विषयमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आगामी केन्द्रीय समितिको बैठक बस्नुपूर्व नै ठोस समझदारी निर्माण गर्ने समझदारी भएको छ । सोही समझदारीअनुसार केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको हो ।

    केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार बैठक बस्ने तयारीकै लागि सभापति देउवासहितका नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको थियो । साथै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि केन्द्रीय कार्यालय जानुभएको थियो । पौडेलपक्षीय नेताहरू भने उपस्थित हुनुभएन । उता उपसभापति निधिसँगको छलफलपछि वरिष्ठ नेता पौडेलको निवासमा महामन्त्री डा. शशाङ्क कोइरालासहितका नेताको बैठक बसेको थियो । सभापति देउवाले महìवपूर्ण विभागको प्रमुख आफैँले राख्ने, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिको नेतृत्वका विषयमा लिएको अडानले पौडेल समूह बढी सतर्क बनेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो । तर अहिले आएर त्यसमा पछाडि हटेजस्तो देखिन्छ, त्यसरी सहमतिको वातावरण बन्न सक्दैन । संस्थापन पक्ष २०७७ सालमा १४औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक रूपमा तयार भए पनि विभाग र भ्रातृ संस्थाको गठनको विषयमा सहमति जुट्न बाँकी छ । पौडेल समूहको मुख्य माग १४औँ महाधिवेशनको कार्यतालिका आउनुपर्ने हो ।

    गहिरो शोक प्रकट
    यसैबीच काँग्रेसले धनुषा जिल्ला सवैला नपा–२ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र भोजपुरका नेता चित्रबहादुर कार्कीको निधनमा गहिरो शोक प्रकट गरेको छ । साथै काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीकोे निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

    गोरखापत्र अनलाइन

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.