गोरखा समाचारदाता
म्याग्दी – म्याग्दीको एक स्कुलमा चमेना गृह चलाउदै आएका एक पुरुष मृत्त अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जिल्लाको मंगला गाउँपालिका २ हिडीमा रहेको शिद्व शान्ति माविको चमेना गृहमा एक मृत्त पुरुषको शव फेला परेको हो । मृत्त मालिका गाउँपालिका ५ देवीस्थान घर भई हाल हिडी स्थित ससुरालीमा बस्दै आएका ४५ बर्षिय दुर्गाराम राना रहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।
चमेना गृहमा बस्दै आएका राना बिहान अवेर सम्म पनि नउठे पछि ढोका खोली हेर्दा मृत्त अवस्थामा फेला परेको थियो । रानाको मृत्युको बिषयलाई लिएर प्रहरीले अनुसन्धान थालेको छ ।



