गोरखा समाचारदाता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सकिएको छ । बैठकले पाँच वटा विषयमा केन्द्रित भएर छलफल गर्ने सहमती गरेको हो ।
आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकले बैठकको एजेण्डा तय गरेको हो । बैठकमा विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद गरी पाँच वटा विषयमा केन्द्रित भएर छलफल गर्ने निर्णय गरेको नेकपाको सचिवालयले जानकारी दिएको छ ।
बैठकले स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्ने राजनीतिक प्रस्तावलाई समेत अनुमोदन गरेको छ । त्यस्तै गरी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदन बैठकले पारित गरेको छ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य स्थिति तीव्ररूपमा सुधार भइरहेको जानकारी समेत गराएको थियो ।



