गोरखा समाचारदाता
धनुषा – धनुषाको महेन्द्र नगर बजारमा शुक्रबार राती बम विष्फोट हुदा ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा प्रहरी निरिक्षक सहित अन्य २ जना रहेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा रहेको राजेश शाहको घरमा बम विष्फोट हुदा राजेश साह, उनका छोरा आनन्द शाह र प्रहरी निरिक्षक अमिर दाहालको ज्यान गएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
शाह बावु छोराको घटना स्थलमा नै मृत्यु भएको थियो भने प्रनि दाहालको उपचारको धरानमा ज्यान गएको थियो ।
मृक्तक शाहको घरमा संकास्पद बस्तु देखिएको जानकारी पाए पछि पुगेको प्रहरी टोली शाहको घरमा पुगेका थिए । संकास्पद बस्तु हेर्न लागेको बेला अचानक विष्फोट भएको थियो । विष्फोटमा परी शाहका छोरी छोरी अञ्जली साह, छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते सबैको बीपी प्रतिस्ठान धरानमा उपचार भइरहेको छ।
घटना कसले र किन गरायो भनेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।



