गोरखा समाचारदाता
काठमाण्डौ – नेपालको नयाँ नक्सा तत्कालै जारी गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको हो ।
आज बसेको समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत सरकारलाई निर्देशन दिइको छ ।
सांसदहरुले भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न समेत सुझाव दिएको छ ।



