×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘चिनूक’ हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गरिँदै

  •  
  • शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुला – भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ ।

    पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् ।

    गएको सोमबार पिथौरागढको आकाशमा ‘चिनूक’ हेलिकोप्टरले धेरैपटक चक्कर लगाएको खबर भारतीय पत्रिका ‘हिन्दुस्तान’ दैनिकले सार्वजनिक गरेको छ । एमआई १७ हेलिकोप्टरभन्दा पनि ठूलो साइजको चिनूक हेलिकोप्टरमार्फत तीन हप्ता पहिले पनि ठूला मेसिन गुञ्जी र कालापानी क्षेत्रमा ढुवानी गरिएका थिए ।

    भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।

    मंसिर पहिलो हप्ता पनि छतमा दुइटा पंखा भएको ठूलो हेलिकोप्टरले गुञ्जीसम्मको क्षेत्रमा चक्कर लगाएको व्यास गाउँपालिका ४ सुन्सेराको स्थानीय पत्रकार मान सिंह कुँवरले बताउनु भयो । ‘हेलिकोप्टरको छतमै दुइटा पंखा थिए, ठूलो आवाज आइरहेको थियो, हेलिकोप्टरको तलतिर गाडी जस्तै मेसिन झुण्डिएको थियो’, पत्रकार कुवरले भन्नुभयो । ३/४ दिनसम्म दैनिक धेरैपटक उक्त हेलिकोप्टरले यस्ता मेसिन बोकेको उहाँको भनाइ छ ।

    ‘चिनूक’ हेलिकोप्टरको भित्र पनि ठूल्ठूलो सामग्री राख्न मिल्छ । खासगरी सामग्री ढुवानीमै यस्तो हेलिकोप्टरको प्रयोग हुने गरेको छ । गएको अक्टुबर २५ तारिखमा पनि चिनूक हेलिकोप्टरले पिथौरागढको आकाशमा चक्कर लगाएको थियो ।

    नोभेम्बर महिनाको पहिलो हप्तामा धारचुलासँगै जोडिएको मुनस्यारी तहसिल क्षेत्रमा पनि ‘चिनूक’ हेलिकोप्टरले उडान भरेको थियो । भारत–चीनको सीमा क्षेत्रमा सैनिक सामग्री ढुवानीमा हेलिकोप्टरको प्रयोग भएको सैनिक सूत्रलाई उद्धृत गर्दै ‘हिन्दुस्तान’ दैनिकले समाचार छापेको छ ।

    खराब मौसममा पनि चिनूक हेलिकोप्टरले उडान भर्न सक्ने जनाइएको छ । पिथौरागढको हवाई मैदानदेखि धारचुला हुँदै गुञ्जीसम्मको क्षेत्रमा वायुसेनाका चिता र एमआई १७ हेलिकोप्टरले दिनहुँ चक्कर लगाउने गरेका छन् ।

    केही महिनाअघि मात्रै सञ्चालनमा आएको पिथौरागढको नैनीसैनी हवाई मैदान नेपाल र चीन सीमा नजिकको सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ । नैनीसैनी हवाई मैदानमा ७२ सिटे सैनिक विमानको सफल अवतरणको अभ्यास भइसकेको छ । नैनीसैनी हवाई मैदानबाट देहरादून, पन्तनगर र दिल्ली नजिकको हिडनसम्मको हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

    उज्यालो अनलाईन

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.