गोरखा समाचारदाता
गोरखा – गोरखा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्लाका इन्चार्ज र अर्का १ जना गोरखामा पक्राउ गरेका छन् । सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरु समातिएका हुन ।
बिहीबार राती पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका १ का जीवन क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।




















