गोरखा समाचारदाता
गोरखा – फुटवल प्रशिक्षणका लागि गोरखा सदरमुकाममा कृत्रिम घाँसे मैदान बन्ने भएको छ । मैदान गोरखा नगरपालिका–९ दलभन्ज्याङमा बन्न लागेको हो ।
फुटवल प्रशिक्षण केन्द्रकाको रुपमा बिकास गर्ने गरी द ओसन क्लबको अगुवाइमा कृत्रिम घाँसे मैदान निर्माण गर्न लागिएकोे हो । फिफाको अन्तराष्ट्रिय मापदण्ड अनुसारको कृत्रिम घाँस बिछ्याइने क्लबका अध्यक्ष अमित खत्रीले बताए । कृत्रिम घाँस चाइनाबाट ल्याउने तयारी भइरहेको क्लबले जानकारी दिएको छ ।
घाँसे मैदान निर्माणका लागि १६ लाख खर्च लाग्ने अनुमान गरीएको छ । मैदानको गण्डकी प्रदेश सांसद हरिशरण आचार्य र गोरखा नगर प्रमुख राजनराज पन्तले संयुक्त रुपमा शिलन्यास गरेका छन् ।
क्लबले मैदानको अन्य काम सहिति ३१ लाख २२ हजार रकम खर्च लाग्ने जानकारी दिएको छ । १८ लाख रुपैयाँ जुटी सकेको भएता पनि अन्य रकम भने सहयोगी निकाय संग समन्य गरी खर्च गरीने छ । प्रदेश सांसद आचार्यले प्रदेश सांसद कोषबाट ८ लाख, गोरखा नगरपालिकाले ७ लाख, गोरखा नगरपालिका वडा नम्बर ९ को कार्यालय र पालुङटार नगरपालिकाले १÷१ लाख दिने भएका छन् ।
चार महिनाभित्र मैदान बनाइ सक्ने योजना क्लबको छ । मैदानका लागी गोरखा नगरपालिकाले निशुल्क जग्गा उपलब्ध गराएको हो । मैदानका स्विमिङ पुल, जिम हल सहितको भवन समेत बनाउने क्लबको योजना छ । घाँसे मैदान निर्माण भए संगै प्रशिक्षणका लागि खेलाडीहरुलाई सुविधा हुने छ ।




















