गोरखा – बेलायतमा कन्जरभेटिभले बहुमत प्राप्त गरेको छ । बिहिबार भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले संसदमा स्पष्ट बहुमत ल्याएको हो । प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले स्पष्ट बहुमत प्राप्त गरे संगै प्रधानमन्त्री जोनसन पुनः सत्तामा फर्किने संभावना निश्चित भएको हो ।
केही स्थानको मतगणना जारी छ । जोनसन पहिले पत्रकार थिए । पछि उनी कन्जर्भेटिभ पार्टीका नेता भएका हुन् ।
उनी सन् २००७ मा लण्डन शहरको नगरप्रमुख निर्वाचित भएका थिए । केही समयअघि उनी टेरिजा मेलाई विस्थापित भएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । निर्वाचनमा मतदाताले जोनसनको ब्रेक्जिट सम्वन्धी तिनीलाई अनुमोदन गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी


