गोरखा समाचारदाता
काठमाडौँ – आज हुने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित गरीएको जानकारी दिईएको हो ।
सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।
सचिवालयले दिएको जानकारी अनुसार बैठक शनिबार दिउँसो लाई सारीएको छ ।




















