×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा

  •  
  • शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाडौं – पछिल्लो समय टेक्नोलोजीले फड्को मारेको छ । मानिसका हरेक काम टेक्नोलोजीले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ र ईसेवालाई लिन सकिन्छ ।

    पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु संचालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ । यस्तै एपहरुको भिडमा एउटा नयाँ एप सार्वजनिक गरिएको छ, ट्याक्सीमाण्डु । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ संचालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा ट्याक्सी चालक र यात्रुबीच समन्वय गराउने उद्देश्यले संचालनमा ल्याइएको हो । यो एपको संचालनसँगै अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा बोकेर हिँड्न मिल्ने भएको छ ।

    यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् ।

    यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

    त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने संचालकले बताएका छन् । उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका संचालक स्वीटी टि. खत्रीले जानकारी दिए ।

    चालक र यात्रु दुवैको सुरक्षा
    यो एप सुरक्षाका दृष्टिकोणले एकदमै संवेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुन सक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने संचालक स्वीटीले बताइन् । उनले भनिन्, ‘यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ । यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’

    ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा
    ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै ह्याम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केशीले जानकारी दिए ।

    उनले भने, ‘हामीले चालकको सेवा सुविधाका लागि ह्याम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं । सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।’ उनले अगाडि थपे, ‘त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउनेछन् ।’

    त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरीदिने प्रबन्ध निर्देशक केशीले बताए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.