गोरखा समाचारदाता
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा बस्दै छ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको सचिवालयले जानकारी दिएको छ।
आज बस्ने सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षात्मक प्रतिवेदन माथि छलफल हुने छ । बैठकले मङ्सिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने श्रोतले जानकारी दिएको छ ।
सचिवालय बैठकले केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चले पनि पूर्णता दिइने विश्वास लिईएको छ ।


