गोरखा समाचारदाता
गोरखा – गोरखा उत्तरी क्षेत्रमा हिमपात भएको छ । तल्लो क्षेत्रका साथै सदरमुकाममा समेत हल्का बर्षा सुरु भएको छ । हिमपात र बर्षा संगै चिसो बढेको छ ।
शुक्रबार दिनभर जिल्लाको उत्तरी क्षेत्रमा हिमपात हुने तल्लो क्षेत्रमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार उच्च हिमाली भेगमा केही फिट सम्म हिउ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको हो ।
हिमपात संगै उच्च हिमाली क्षेत्रको तापक्रम ह््वात्तै घटेको छ । त्यस्तै गरी मध्य पहाडी र तल्लो क्षेत्रमा पनि बर्षा हुन थाले पछि तापक्रममा परिवर्तन आएको छ । यता लाप्राक क्षेत्रमा बिहानै देखी हल्का बर्षा हुन थालेको धार्चे गाउँपालिका २ का वडाध्यक्ष राज गुरुङ्गले जानकारी दिए ।
उत्तरी क्षेत्रको साम्दो, सामागाउँ, प्रोक, ल्हो, चुम्चेत, सिर्दीबास, छेकम्पार हिउ पर्न थालेको स्थानियले टेलिफोन मार्फत जानकारी दिएका छन ।


