गोरखा समाचारदाता
गोरखा – गोरखा दरबारको पुर्नःनिर्माण सकि सक्नु पर्ने बेला एक तला पनि बन्न सकेको छैन । ठेक्का पाएको कम्पनीले यही मंसिर समान्त सम्ममा काम सकी सक्नु पर्ने थियो ।
निर्माण सम्झौता बमोजिम गोरखा दरर्बारको काम ०७६ मंसिर मसान्त सम्ममा सम्पन्न भई सक्नु पर्ने थियो । तर ठेकेदार र पुरातत्व विभागको कामजोरीका कारण अहिले सम्म पहिलो तलाको आधा काम पनि सम्पन्न हुन सकेको छैन ।
२०७४ कार्तिकमा पचली शिवाको जेभीले पुरातत्व विभागसँग ४ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर मसान्तसम्म पुर्नःनिर्माण सम्पन्न गर्नुपर्ने भए पनि हाल सम्म २० प्रतिशत काम भएको छैन ।
दरर्बार निर्माणमा लार्पवाही यती सम्म देख्न सकिन्छ की काम सम्पन्न भई सक्नु पर्ने समयमा न काम गर्ने मजदुर छ न त ठेक्का लागउने विभागका कर्मचारी न त ठेकेदार कम्पनीका कर्मचारीहरु नै ।
सम्झौताको २ वर्ष अवधि बितिसक्दा समेत उल्लेख्य काम केही भएको देखिदैन । सञ्चारकर्मीहरुको एक टोलीले बिहीबार मध्यान्न काम भए नभएको हेर्न पुग्दा यस्तो दृष्य देखिएको हो ।
दरबार हेरचाह अड्डाका कर्मचारी तथा दरर्बारका पुजारीहरु संग बुझ्दा उनीहरुले अनविज्ञता प्रकट गरे । दरबारको तल्लो तल्लाको झ्याल र ढोका, नागल मात्र राखेको देखिन्छ ।
पुनःनिर्माण हुदै गरेको दरर्बारमा पुराना इट्टा र पुराना काठ समेत प्रयोग गरेको देखिन्छ । बन्दै गरेको दरर्बार पहिलेको भन्दा फरक देखिने भएको छ । पहिलेको तुलनामा अहिले बन्दै गरेको दरर्बारको मुल गेट र राजगद्वी हेर्ने झ्याल केही अग्लो देखिन थालेको छ ।
समयमा काम नसकिने भए पछि अहिले ठेकेदार र पुरातत्व विभाग म्याद थप्ने चलखेलमा लागेको छ । थपिएको म्यादमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न गर्ने कुनै आधार देखिदैन ।
नेपालकै उद्गम थलो एवं ऐतिहासिक गोरखा दरबार पुर्नःनिर्माणकामा ढिलाई भएको प्रति सर्वत्र चिन्ता व्यक्त भएको छ । देशका उच्च पदस्थ व्यक्तिहरुले स्थलगत अनुगमन गर्दै काम छिटो गर्नुपर्ने बताउँदै आएका छन् ।
देशका विभिन्न भाग तथा विदेशबाट गोरखा दरर्बार हेर्न आउनेले भने यही भग्नावशेष हेरेर मात्र चित्त बुझाउने गरेका छन ।
शाह बंशिय उद्गम थलो मानिएको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् ।
नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि २०७४ पुसबाट भत्काएर जगैबाट पुर्नःर्निमाण सुरु गरिएको हो ।


