गोरखा समाचारदाता
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देश भरको मौषम ३ दिन सम्म बदली हुन सक्ने अनुमान गरेको छ । देशको अधिकांश भागमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने सक्ने जनाएको हो ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै बुधबार साँझ पश्चिमी भूभागबाट नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व तर्फ सर्दै आएको जनाएको छ । देशको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
न्यून चापीय प्रणाली बिहीबार अझै सशक्त भई मुलुकका मध्य र पूर्वी भूभागमा समेत हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
बुधबार रातिबाट सुरु भएको मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ ।




















