गोरखा समाचारदाता
दोलखा – दोलखाको तिखातदमा ब्याकहो लोडर पल्टीदा १ जनाको ज्यान गएको छ भने अन्य ३ जना गंभिर घाईते भएका छन । जिल्लाको भीमेश्वर नगरपालिका २ स्थित तिखातलमा ब्याकहो लोडर पल्टीएको दोलखा प्रहरी जानकारी दिएको हो ।
सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको जेसिभि कम्पनीको ब्याकहो लोडर बुधबार राति ८ः३० बजे पल्टीदा दोलखा बिगु गाउँपालिका ८ खोपाचाँकुका राजु थामीको मृत्यु भएको ह । घटनामा परी चालक कालिन्चोक गाउँपालिका ४ चिउरीखर्कका राजकुमर थामी, बिगु गाउँपालिका ७ अम्बा टोलका बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका २ का सुमन थामी गंभिर घाईते भएका हुन ।
ब्याकहो लोडल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जानकारी दिएको छ । घाईते सबैको उपचारका लागि संघिय राजधानी काठमाण्डौं लगिएको छ ।


