गोरखा समाचारदाता
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साथमा स्वर्ण पदक जित्न सफल खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्ने खेलाडीलाई ३ लाख रुपियाँ दिने घोषणा गरिएको छ।


