गोरखा समाचारदाता
गोरखा – धार्चे गाउँपालिकाको काशिगाउँमा बुधबार दिउसो सुख्खा पहिरो जादाँ एक्साभेटर पुरिएको छ । पहिरोले मानविय क्षति भने भएको छैन ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार दिउसो ४ बजेको समयमा गएको सुख्खा पहिरोका कारण नम्बर खुल्न नसकेको १ वटा एक्साभेट पुरिएको हो ।
धार्चे २ को काशिगाउँको आयुखोलामा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोका कारण एक्साभेटर पुरिएको हो । चालक भने भागेर बाँच्न सफल भएको छ ।
प्रहरी घटना स्थलमा पुगेको भएता पनि सञ्चार सम्र्पक हुन नसकेको कारण थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक मित्रबन्धु शर्माले बताए ।


