गोरखा समाचारदाता
गोरखा – भारतले नेपालको सिमा मिचेको भन्दै मानव अधिकार तथा शान्ति समाज गोरखाले सदरमुकाममा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवशरमा गोरखा सदरमुकामको सरकारी कार्यालय जाने मुख्य चोकमा धर्ना दिएको हो ।
भारतले हालै प्रकाशित गरेको राजनैतिक नक्शामा नेपाली भुभाग अतिक्रमित हुने गरी नक्शा सार्वजानिक गरेको भन्दै अतिक्रमणको बिरोधमा धर्ना गदिएको मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विश्वनाथ वाग्लेले बताए ।
धर्नामा बसेका मानव अधिकारकर्मीहरुले अतिक्रमित नेपाली भुभागबाट तत्कालै सेना फिर्ता लान समेत आग्रह गरेको छ । धर्नामा मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा जिल्लामा क्रियाशिल भिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।


