गोरखा समाचारदाता
दमौली – तनहुको व्यास नगरपालिकाले मादी नदीमा निर्माण गर्न लागेको कृत्रिम तालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीको मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्न लागिएको हो।
आयोजना सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा ४० रुपैयाँ बजेट विनियोजन गरेको ब्यास नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार ताल निर्माणका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरी सकेको छ ।
दमौली देखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्न मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको छ।नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य रहेको छ।
संघिय राजधानी काठमाडौँबाट १५० र पोखराबाट ५० किमि दूरीमा रहेको मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरीएको छ। कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने गरीने भएको छ ।



