×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बिरेनचोकमा होमस्टेको तयारी

  •  
  • मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – बिरेनचोकका स्थानीय होमस्टे सञ्चालनको तयारीमा जुटेका छन् । गोरखा नगरपालिका वडा नम्बर १० स्थित गोरखा( आँबुखैरेनी सडक आसपास क्षेत्रमा रहेका मगर समुदाय होमस्टेको तयारीमा जुटेका हुन् । १९ घरबाट सुरुवात हुन लागेको होमस्टे सञ्चालनका लागि आवस्यक पूर्वाधारको निर्माण भइरहेको स्थानीयले बताएका छन् । ‘हामीले तत्काल १९ घरबाट होमस्टेको सुरुवात गर्दैछौ’ बिरेनचोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना रानाले भनिन् ‘सबै घरमा पाहुना बस्ने कोठा बनिसकेका छन्, अब अरु संरचनाहरु निर्माणको तयारीमा छौ ।’

    यसैबिच सोमबार होमस्टे सञ्चालनका लागि सरोकारवालाहरुबिच छलफल भएको छ । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांश स्थानीयले होमस्टे सञ्चालनका लागि आफुहरु तत्पर रहेपनि ब्यवस्थापनमा समस्या भएको बताएका छन् । ‘हामीले आ–आफ्नो घरमा पाहुना कोठा त बनायौ, बाथरुम बनायौ तर पानीकै समस्या छ, कसरी होमस्टे चलाउने’ स्थानीय निरा रानाले प्रतिप्रश्न गरिन् ।

    होमस्टे सञ्चालन हुने गाउँमा बाटो, सामुदायिक भवनको समेत समस्या रहेको कतिपयको दुखेसो छ । ‘बिचमा हाइ–वे छ, तलमाथी गाउँमा होमस्टे चलाउने तयारी हो’ बिरेनचोक सामुदायिक वनका अध्यक्ष भुरमण घिमिरेले भने ‘अब वरीपरी भएका जंगलको समेत अवलोकन गर्न मिल्नेगरी बाटोको निर्माण गर्नु आवस्यक छ, अतिथीको सत्कार र अफिसका लागि भवनको पनि अभाव छ ।’

    १६ घर मगर, १ नेवार, १ गुरुङ र १ दलित गरी १९ घरबाट सुरु गर्न लागिएको होमस्टेबाट स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्¥याउने उदेश्य लिएको छ । ‘घाँटु, भजन, पाउँदुरे, लगायतका हामीकहाँ धेरै संस्कृति लोप हुने अवस्थामा छन्’ होमस्टेकी सचिव सीता रानाले भनिन् ‘हाम्रो रहनसहन, संस्कृतिलाई बेचेर यहाँका महिलालाई आत्मनिर्भरको बाटोमा लैजाने हाम्रो उदेश्य हो ।’

    गोरखा बजार, दरबार लगायत बिभिन्न हिमाल, पहाड, फाँट, दरौदी नदी लगायतको दृष्य यहाँबाट अवलोकन गर्न सकिने स्थानीयले बताए । होमस्टेमा पाहुनालाई बाह्य आयात रोकेर स्थानीय उत्पादन खुवाउने तयारी पनि उनिहरुको छ । ‘होमस्टेमा हामीले नै उत्पादन गरेका खानेकुरा खुवाउने हो’ कमला रानाले भनिन् ‘पर्यटक आकर्षित गर्न गाउँमा भएका धार्मिक र ऐतिहासिक संरचना, पार्क, मन्दिरको संरक्षणमा पनि लाग्दैछौ ।’

    छलफल कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले भ्रमण बर्ष २०२० का अवसरमा नगरपालिकाले ‘गोर्खा जाऔं’ कार्यक्रम ल्याउन लागेको बताएका छन् । होमस्टेले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास ब्यक्त गर्दै उनले एक पटक आएका पाहुनाले फर्केपछि थप १० जना पठाउने वातावरण बनाउने गरी सञ्चालन गर्न स्थानीयलाई सुझाव दिए ।

    ‘होमस्टे सुरु गर्नु नयाँ कुरा होइन, त्यसलाई प्रभावकारी रुपमा निरन्तरता दिनु महत्वपूर्ण हो’ पन्तले भने ‘होमस्टेमा नयाँपन होइन टिपिकल बनाउनुुस्, आयातित खानेकुरा निषेध गर्नुस्, आफ्नो संस्कृति देखाउनुस् पर्यटक त्यै हेर्न र खान आउने हुन् ।’

    होमस्टे सञ्चालनका लागि नगरपालिकाले साथ दिने प्रतिवद्धता जनाउदै नगरप्रमुख पन्तले तत्कालका लागि ब्यवस्थापनलाई सघाउन ५ लाख उपलब्ध गराउने घोषणा समेत गरे । होमस्टे सामाजिक काम समेत रहेको बताउदै उनले संस्कार, रीति र इतिहासलाई बेच्न सके घरमै बसेर आम्दानी गर्न सकिने बताए । कार्यक्रममा वडाध्यक्ष देवीबहादुर बस्नेत, कार्यपालिका सदस्य सावित्रा थापा पुलामी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले होमस्टे सञ्चालन सम्बन्धि सुझाव दिएका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.