गोरखा समाचारदाता
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अपराहन्न बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा विभिन्न बिषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।
बैठकले उपनिर्वाचनको समिक्षाका साथै केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकबारे पनि छलफल हुने जानकारी प्राप्त भएको हो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हिजै प्रधानमन्त्री केपी शर्मा ओली संग बैठकका बिषयमा छलफल गरी सकेको छ । त्यस्तै गरी आज पनि अध्यक्ष दाहालले बिहान छुट्टाछुट्टै सचिवालय सदस्य माधवकुमार नेपाल र महासचिव इश्वर पोखरेल संग भेट गरेका थिए ।
आज हुने बैठकमा धेरै समय देखी बस्न नसकेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुने र पोलिटब्युरो तथा बाँकी रहेका सांगठनिक कामा बारेमा पनि छलफल हुने अनुमान गरीएको छ ।
आजको हुने बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वथ्यताका कारण अनुपस्थित हुने जानकारी समेत प्राप्त भएको छ ।


