गोरखा समाचारदाता
पोखरा – पोखराको पृथ्वीचोकमा बसले ठक्कर दिदाँ १ जना पुरुषको ज्यान गएको छ ।
पोखरा महानगरपालिका ९ को पृथ्वीचोकमा रहेको डाँफे होटल नजिकै ग.१ ख ८३२८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिदाँ स्याङजा जिल्ला आधिखोला गाउँपालिका ५ बस्ने अन्दाजी ५०/५५ बर्षिय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।
बसले ठक्कर दिनासाथै नेपालीलाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा लगिएको भएता पनि चिकित्सकहरुको टोलीले नेपालीलाई मृक्त घोषित गरेका थिए ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको छ ।




















