गोरखा समाचारदाता
पोखरा – पोखरामा भई रहेको साग खेलको सुरक्षाका बिषयमा अध्ययन गर्न नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनाल पोखरा आएको छ ।
साग अन्तरर्गतको प्रतियोगिता तथा सुरक्षा ब्यवस्था र प्रहरी परिचालनको बिषयमा जानकारी तथा छलफल गर्न महानिरिक्षक खनाल पोखरा आएको हो ।
आईतबार पोखरा आएका खनालले साग सुरक्षा बारे जानकारी लिदै त्रुटी रहित ढंगले प्रहरी परिचालन गर्न सागलाई सभ्य र भब्य रुपले सफल पार्न मातहातका प्रहरीहरुलाई निर्देशन दिएका थिए ।
खनाललाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवागमन लगायतका बिषयमा समेटीएको सुरक्षा रणनितिको बारेमा महानिरिक्षक खनाललाई जानकारी गराएका थिए ।
खनालले पोखरा रंगशालाको समेत निरिक्षण गरेका थिए ।




















