गोरखा समाचारदाता
बागलुङ – बागलुङ प्रहरीले लागु औषध सहित १ महिला र १ पुरुषलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका ६ का २५ बर्षिय रेमन भन्ने रामबहादुर साहुथोकी र सोही स्थानकी ३० बर्षिया भागिमला बुढा छन ।
पक्राउ परेका दुवैबाट ५ केजी चरेश फेला परेको प्रहरीले जानकारी दिएको छ । चरेश कहाँबाट ल्याएको र कहाँ लान लागिएको हो सो को बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।




















