×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

ग्रेटाको जलवायु परिवर्तनविरुद्धको आन्दोलन- ‘स्कुल स्ट्राइक फर क्लाइमेट’

  •  
  • आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अब्दुल्लाह मियाँ

    म्याड्रिड (स्पेन) — ग्रेटा थनवर्ग । उमेर १६ वर्ष । चर्चित सानी जलवायु परिवर्तन अभियन्ता । शुक्रवार बिहान जब उनी म्याड्रिडको एक रेल स्टेसनमा झरिन्, सयौं क्यामराका लेन्सले उनलाई पछ्याउन थाले, हलिउड स्टारलाई जस्तै । काठको फल्याक बोकेकी र हुड पहिरिएकी ग्रेटा जब रेलको ढोकाबाट बाहिरिन खुट्टा अघि बढाइन्, सबैले एकै स्वरमामा भने, ओला, ओला (स्पेनी भाषमा स्वागतम्) । भीड नियन्त्रण गर्न रेल स्टेसनमा प्रहरी परिचालित थिए ।

    सयौंको भीडलाई पन्छ्याउँदै प्रहरीले उनलाई सुरक्षा दिएर जलवायु सम्मेलन भइरहेको फेरिया दी म्याड्रिडको प्रदर्शनी स्थलमा लग्यो।
    शुक्रबार उनी पोर्चुगलको लिस्बोनबाट म्याड्रिड आएकी हुन्। त्यसअघि उनी अभियानकै क्रममा अमेरिका पुगेकी थिइन्। बेलायत हुँदै पानीजहाजबाट उनी अमेरिका गएकी थिइन्। अमेरिकाबाट एट्लान्टिक महासागर पार गर्दै उनी पानीजहाजबाट लिस्बोन आएकी थिइन्।

    उनी हवाईजहाज चढ्दिनन्, सकेसम्म गाडी पनि चढ्दिनन्। हवाईजहाजले कार्बन उत्सर्जन गर्ने भएकाले उनले त्यसलाई त्यागेकी हुन्।म्याड्रिड आएलगत्तै उनी युवाहरुले आयोजना गरेको ‘फ्राइडे फर फ्युचर’ नाम दिइएको प्रदर्शन तथा र्‍यालीमा भाग लिन पुगिन्। उक्त अभियान जलवायु परिवर्तनको असरविरुद्ध थियो। ५ लाखजनाको उपस्थित रहने दाबी गरिएको उक्त प्रदर्शनमा विश्वभरबाट आएका युवाहरु सहभागी थिए। तर, धेरैको धोको भने ग्रेटालाई हेर्ने र सुन्ने नै थियो।

    ‘फ्राइडे फर फ्युचर’ अभियान उनले नै एक वर्ष अघि शुरु गरेकी थिइन्, आफ्नै देश स्वीडेनबाट। यो अभियानले विश्वभर चर्चा बटुलिरहेको छ। नेपालमा पनि केही समय अघि युवाहरुले उक्त अभियानमा साथ दिँदै प्रदर्शन गरेका थिए।

    विश्वका धेरै देशहरुमा युवाहरुले यो अभियानलाई साथ दिइरहेका छन्। जुन देशका युवाले जहाँ आयोजना गरे पनि यसको एउटै उद्देश्य छ, ‘भविष्य सुनिश्चित गराउन जलवायु न्याय’। पृथ्वीमा जलवायु परिवर्तनका कारण देखापरेको असर न्यून गर्नतर्फ ध्यानाकर्षण गराउनु यसको अर्को उद्देश्य।

    ग्रेटाले उक्त अभियान सन् २०१८ स्वीडेनको संसद भवनको प्रांगणबाट सुरु गरेकी थिइन्। त्यतिबेला उनले विद्यालय जान छोडिदिइन् र हातमा लठ्ठी लिएर धर्ना दिन थालिन्। उनको नारा हुन्थ्यो, जलवायुका लागि विद्यालय हड्ताल अर्थात् ‘स्कुल स्ट्राइक फर द क्लाइमेट’।

    सुनिश्चित भविष्यको माग गर्दै उनले उक्त अभियान शुभारम्भ गरेकी थिइन्। विश्वभरका विद्यालयस्तरमा पढ्ने भावी पीढिलाई लक्षित गरी यो अभियान घोषणा गरिएको थियो। भविष्यका पुस्ताको भविष्य सुनिश्चित गर्न अहिले देखिएका जलवायुजन्य जोखिम र असर न्यून गर्ने तत्परता देखाउन ध्यानाकर्षण गराउनु यसको उद्देश्य हो।

    जलवायु न्यायका पक्षमा गत वर्ष पोल्याण्डको क्याटावीसमा भएको २४ औं सम्मेलन (कोप २४) मा मन्तव्य दिएपछि एकाएक उनी चर्चामा आएकी हुन्। उनले त्यतिबेला जलवायु परिवर्तनले निम्त्याएका समस्या र भविष्यमा आफूजस्ता करोडौं बालबालिकाहरुले भोग्नुपर्ने समस्याबारे तार्किक र मन छुने भाषण गरेकी थिइन्।

    एक वर्षदेखि उनी व्यस्त छिन्। भविष्यका करोडौं कर्णधारहरुलाई जलवायु न्यायको विषय अवगत गराउन। म्याड्रिडमा जारी ‘कोप–२५’ मा ग्रेटा आउने खबरले सबै उत्साही भएका थिए। दुईसय देशका करिब २९ हजार मानिसहरु यहाँ छन्, तर सबैभन्दा आकर्षणको केन्द्र भने ग्रेटा नै हुन्।

    शुक्रबार बेलुकी भएको प्रदर्शनीमा लाखौंले सहभागीता जनाए, जहाँ उनी पनि थिइन्। उनले बोकेकी थिइन्, ‘स्कुल स्ट्राइक फर क्लाइमेट’ लेखिएको काठको फल्याक । उनले सयौं पत्रकारसामु जलवायु मुद्दामा आफ्नो धारणा व्यक्त गरिन्। ‘विश्वका करोडौं युवा र बालबालिकाको भविष्य सुनिश्चित गर्न जलवायुजन्य जोखिम न्यूनीकरणमा तपाईं ठूला नेताहरु काम गर्नुस्, कुरा मात्र होइन,’ उनले भनिन्, ‘मलाई आशा छ यो सम्मेलनले केही ठोस र सर्वसाधारणलाई खुशी तुल्याउने निर्णय गर्नेछ।’

    एक वर्षसम्म विश्वभर जलवायु न्यायको पक्षमा विद्यालय हड्ताल अभियान भए पनि विश्वभरका नेताहरुले त्यसलाई खासै महत्व नदिएको र आफूले सोचेअनुसार प्रगती नभएकामा उनी केही खिन्न थिइन्।उनले पेरिस सम्झौताअनुसार काम गर्न मुलुकहरु चुकेको, सम्झौतामा भएको प्रावधान कार्यान्वयनमा ढिलाई गर्न नहुनेमा जोड दिइन्। उनले धनी राष्ट्रहरूले गरिब देशहरूलाई कसरी क्षतिपूर्ति दिने भन्ने कुरामा यो सम्मेलनले सहमति जुटाउने आशासमेत व्यक्त गरिन्।

    ‘जलवायु परितर्वनको मारमा परेका मुलुकहरुलाई विकसित र हरित गृह ग्यास उत्सर्जन गर्ने मुलुकहरुले निसर्त सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘विश्वभरबाट यहाँ भेला भएका नेता र शक्तिमा रहेका मानिसहरूले जलवायु संकटको महत्वलाई बुझ्नेछन् भन्ने विश्वास अझै पनि मलाई लागेको छ।’गत सेप्टेम्बरमा राष्ट्रसंघले न्यूयोर्कमा गरेको जलवायु परिवर्तन एक्सन सम्मेलनमा पनि ग्रेटाले जलवायु परिवर्तनसम्बन्धी मन्तव्य दिने अवसर पाएकी थिइन्। त्यहाँ पनि उनले विकसित देशहरु, जसले हरित गृह र बढी मात्रामा खनिजको उपयोग गर्छन् तिनलाई पृथ्वी, प्रकृती र मानवको भविष्यमा चिन्ता गर्न ध्यानाकर्षण गराएकी थिइन्।

    उनको भाषणलाई धेरै नेता र जलवायु वार्ताकारहरुले घत मानेर हेर्ने गरेका छन्। कतिपय देशका प्रमुख र नेताहरुले त उनको विरोधसमेत गर्ने गरेका छन्।सन् २००३ को जनवरीमा स्टकहोममा जन्मिएकी ग्रेटा सामाजिक संजालमा पनि चर्चित छिन्। ट्वीटरमा उनलाई ३१ लाखले पछ्याएका छन्। उनलाई विश्वभरका प्रशिद्ध टेलिभिजन र पत्रिकाले अन्तर्वार्ता लिएका छन्। उनी जहाँ जान्छिन्, सधैं हजारौंको घेरामा हुन्छिन्।

    टाइम म्यागजिनले अर्को पुस्ताकी रोलमोडल नेता भन्दै कभर स्टोरीसमेत तयार गरेको थियो। साकाहारी ग्रेटाको मुख्य ध्येय हो, पृथ्वी, प्रकृती र मानिसको भविष्य सुनिश्चित गर्नु। त्यसका लागि जतिसक्दो चाँडो हरित गृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा उनी दृढ छिन्।

    त्यसो त पेरिस सम्झौतामा विश्वको तापक्रम १.५ डिग्रीभन्दा बढ्न नदिइने उल्लेख छ। त्यसका लागि विकसित मुलुकहरुले हरित गृह ग्यास कटौती गर्नुपर्ने हुन्छ। त्यसमा विकसित मुलुकहरु सबभन्दा बढी दोषी छन्।

    त्यसबारे ग्रेटाले विभिन्न देशका राष्ट्र प्रमुख र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतलाई भेटेर पेरिस सम्झौता अक्षरस कार्यान्वयन गराउन झक्झक्याएकी छन्।

    यूएनएफसीसीसीका सबै सदस्य मुलुकहरुले राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) तयार गर्नुपर्ने हुन्छ। त्यसमा राष्ट्रिय उत्सर्जन घटाउने र जलवायु परिवर्तनको प्रभावलाई अनुकूलन गर्न प्रशस्त प्रयास गर्ने उल्लेख छन्।

    जारी २५ औं सम्मेलनले अहिलेसम्म संसारलाई खुशी तुल्याउने त्यस्तो ठूलो निष्कर्ष निकालेको छैन। तर आशा छ, ग्रेटाले भनेजस्तै विश्वको तापक्रम बढ्न नदिन हरित गृह ग्यास कटौती गर्ने ठोस प्रतिवद्धता जनाए भने त्यो एउटा खुशीकै सन्देश हुनेछ।

    kantipur

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.