×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

केही कुरामा पेलेरै भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ, काम सुरु गरियोस् : विज्ञ

  •  
  • आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डाै – निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना रुखको विषयलाई लिएर फेरि भूमरीमा परेको छ । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ ।

    तर यो विमानस्थल देशकै विकासको मेरुदण्ड भएकाले कुनै पनि हालतमा रोकिन नहुने विज्ञहरुको भनाई छ । जसरी रुख काट्दा जंगल विनाश भएको छ भनेर बहस भैरहेको छ त्यसैगरी निजगढमा विमानस्थल बन्दा त्यसले देशको मुहार फेर्छ भनेर बहस चर्काउनुपर्ने उनीहरुको भनाई छ ।

    अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनको ७५ औं स्थापना दिवसको अवसरमा नेपालको हवाइ नीतिबारे भएको छलफलमा धेरैजसोले निजगढमा केही रुख काटिने बहानामा विमानस्थल बनाउने काम नरोक्न सुझाव दिएका छन् ।

    तत्कालिन हवाइ विभागका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठले भन्नुभयो, ‘निजगढ विमानस्थलको लागि अहिलेका महानिर्देशक रिटायर्ड हुने बेलासम्म पनि रुख काटिन्छ कि काटिन्न भन्ने अन्योल भएको छ, मलाई कुनै कुनै चिज के लाग्छ भने देशको हितमा कुनै कुरा छ भने हामीले पेलेरै भएपनि निर्णय गर्नुपर्छ, चाहे भ्याकेटमा जानुस या अरु गर्नुहोस, अलमलमा बस्नुहुँदैन, रुख काट्न सुरु गर्नुहोस, काम सुरु गर्नुहोस ।’

    निजगढ विमानस्थल राष्ट्रको गौरव भएको र हवाइ पूर्वाधारमार्फत देश सम्बृद्ध बनाउने आधार भएकाले यसलाई सरकारले अघि बढाउनैपर्ने उहाँको भनाई  छ ।

    यस्तै कार्यक्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका उप प्रबन्धक द्धारिका भट्टराईले पनि सरकारले राष्ट्रिय आवश्यकताका आयोजनाको लागि दृढ अडान लिनुपर्ने बताउनुभयो ।

    ‘सर्वोच्चले काम अघि नबढाउनु भनेपछि केही मान्छेहरु अब त काम अघि बढ्दैन भनेर मख्ख परेको देखिएको छ तर हामीले निजगढको बारेमा धेरैलाई बुझाउन नसकेर यो समस्या आएको हो’ भट्टराईले भन्नुभयो, ‘जसरी निजगढमा रुख काट्दा श्वास फेर्नै सकिन्न भनेर एकथरीले हल्ला गरिरहेका छन्, हामीले पनि निजगढमा विमानस्थल बनाएमा यसले देशको मुहार फेर्छ भनेर प्रचार गर्नुपर्छ, यहाँ बोल्नेको पिठो विक्ने त हो ।’

    उहाँले अन्तर्राष्ट्रिय विमानस्थल दूर दराजमा बन्न सक्दैन भन्ने सन्देश फैलाउन पनि जरुरी रहेको बताउनुभयो ।

    ‘खाली जग्गा छ भन्दैमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुम्ला जुम्लामा बन्न सक्दैन, यसको लागि पनि मापदण्ड छन् भनेर हाम्रा विज्ञहरुले बोल्दिनुपर्‍यो, अदालतका न्यायाधीसलाई यो विमानस्थलको ब्यापक फाइदाबारे जानकारी नै छैन होला, तर हामीले यसलाई बुझाउनुपर्छ ।’ उपप्रबन्धक द्धारिका कोइरालाले भन्नुभयो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.