गोरखा समाचारदाता
मनाङ्ग – मनाङ्ग घुम्न आएकी १ जापानी महिलाको ज्यान गएको छ । ति महिलाको सुति रहेको होटलमा ज्यान गएको हो ।
मृक्तक महिला पा.न.००४६२६२ का ६७ बर्षिया हिसाको कोरी रहेको मनाङ्ग प्रहरीले जानकारी दिएको छ । डिसाङ गाउँपालिका ६ मा रहेको हिमालयन सिङ्गगी होटलमा बास बसेकी कोरीको सुति रहेको अवस्थामा होटल भित्रै ज्यान गएको थियो ।
प्रहरीले कोरीको ज्यान गएको बिषयमा अनुसन्धान थालेको छ । कोरीको शबलाई हेलीकप्टर मार्फत राजधानी लगिएको छ ।




















