×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

सडकले मनास्लु पदमार्गमा जोखिम

  •  
  • आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – वर्षेनी पाँच हजार भन्दाबढि बिदेशी पर्यटक पुग्ने उत्तरी गोरखाको मनास्लु पदमार्गमा सडक ट्रयाकका कारण जोखिमको यात्रा गर्नुपरेको गुनासो पर्यटकहरुले गर्न थालेका छन् । नेपाली सेनाले खोल्दै गरेको हावाडाँडा–लार्के सडक खण्डको अधिकासं ठाउँमा पदमार्ग पर्ने भएकाले हिड्ने बाटो पुरिने, ठुला ढुङ्गा अड्किएर बस्ने, हिड्न अफ्ठ्यारो हुने भएपछि त्रास बढेको हो । सडक खोल्दा चिरिएको भिर र पदमार्ग पुरिएर बनेको बुढीगण्डकी माथिको भिरमा पर्यटक डराइ–डराई यात्रा गर्छन ।

    अहिले सिजन भएकाले दैनिक सयौँको संख्यामा बिदेशी मनास्लु जाने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । गत वर्ष भन्दा पर्यटकको संख्या बढ्नुपर्ने अनुपातमा बढेको छैन । ‘यहाँ धेरै जोखिम बढेको छ भन्छन्, बिस्पोट गराएर ठुला पहरोमा सडक खुलाईँदैछ, ठाउँठाउँमा पदमार्ग पुरिएको छ’ एमक्याप सिर्दिबासका कर्मचारी छाङदोर्जे लामाले भने ‘पर्यटक पठाउने कम्पनीहरु, गाईडहरु र पर्यटक पनि जोखिम कम भएको ठाउँमा जान रुचाउँछन ।’

    पदमार्गका होटल ब्यवशायीहरु सडक ट्र¥याक खुलेको भन्दा नखुल्दा उत्तरी गोरखाका लागि धेरै फाईदा हुने दावी गर्छन । सडक नखुल्ने र पदमार्गलाई ब्यवस्थित बनाउन सक्ने हो भने पदमार्गमा आउने पर्यटकको संख्या ह्वातै बढ्ने र त्यसले ब्यापार, ब्यवशाय, भरिया देखि स्थानीय उत्पादनले बजार पाउने होटल ब्यवशायी ङवाङ फुन्जो लामा बताउँछन् । ‘बाटो आएपछि यहाँ टुरिष्ट कम आउँछन्, पहिले आरुघाटबाट हिँड्थे, अहिले सोती सम्म गाडी आउँछ, गाडी माथि आउँदै जाँदा पर्यटकको यात्रा छोटिन्छ’ चुमनुब्री गाउँपालिका ६ ताँजु स्थित झाम्बाला होटलका संचालक लामाले भने ।

    होटल ब्यवशायी देखि स्थानीयले दैनिक उपभोग्य सामग्री खच्चढबाट ल्याउने लाने गर्छन । खच्चढ हिड्ने र पदमार्ग एउटै हुँदा दुर्गन्ध हुने, अधिकासं ठाउँमा खच्चढ हिँडेका बेला पर्यटक रोकिनुपर्ने अवस्था छ । खच्चड हिड्ने बाटो फरक गर्नुपर्ने पर्यटकका गाईडहरुको सुझाब छ । ‘पदमार्गलाई सुरक्षित र ब्यवस्थित गर्नुपर्ने ठाउँमा सडक खोलेर जोखिम बढेको छ’ गाईड मुकेसकुमार कार्कीले भने ‘यसले यहाँका स्थानीयलाई घाटा हुन्छ, पर्यटकको रोजाईमा यहाँको ठाउँ घट्न थाल्छन् ।’

    मनास्लुमा मात्रै नभएर अन्यत्र पनि सडक खुलेका कारण पदमार्गमा जोखिम बढेको उनले बताए । ‘सुरक्षित यात्रा गर्न खोज्छन्, यहाँको बारेमा सोधखोज गरेर बुझेर मात्रै पर्यटकले जाने निधो गर्छन’ उनले भने ‘रमाईलो, कम जोखिम, बिदा समय अनुसार धेरै दिन घुम्न सक्ने, धुवाँधुलो नभएको ठाउँ पर्यटकको रोजाईमा पर्छ ।’ अहिले खोलिएको ट्रयाक अधिकासं ठाउँमा बिस्पोट गराएर पहरो फुटाइएको छ । ती पहरो चिरिएका छन्, सुरक्षित यात्राका लागि भने ध्यान नदिएको गुनासो गाईडहरुको छ । नियमित काम भएका बेला अझै समस्या हुने , पर्यटक रोकिनुपर्दा समय अनुसार यात्रा गर्न गा¥हो हुने गुनासो पर्यटकले गर्छन । सडकको माटोले पदमार्ग धेरै ठाउँमा पुरेको छ । भिर हेर्दै जोखिमले पर्यटक हिड्नुपर्छ ।

    मनास्लु क्षेत्रमा पर्यटकले तीन साता सम्म बिताउँछन् । आरुघाट हुँदै सोती, माछाखोला, सिर्दिबास भएर छेकम्पारको चुम उपत्याक जाने गर्छन् । चुमबाट फर्किएर सामागाउँ हुँदै नुब्री उपत्यका भएर अधिकासं लार्केपास गरेर मनाङ हुँदै फर्कन्छन भने कतिपय सामागाउँबाट फर्कन्छन् । यसरी यात्रा गर्दा पर्यटकले बिताउने समय, भरिया र गाईडले गर्ने खर्चले स्थानीयको आम्दानी बढेको छ । ‘पदमार्ग रहेन भने मनास्लुको अस्तित्व रहँदैन चुमनुब्री गाउँपालिकाका उपप्रमुख कुमारी गुरुङले भनिन् ‘तिब्बत सँग सिमाना जोड्ने गरी सडक निर्माण भईरहेको छ, यसले केही कुरामा सजिलो होला तर पदमार्गलाई मासियो भने यहाँका जनताको रोजगारी गुम्नेछ ।’ पदमार्गलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा गाउँपालिकाले बिभिन्न संघ संस्था र पालिकाबाट पनि योजना बनाईरहेको उनले बताईन ।

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.