गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखाको साम्दोमा लेक लागेर एक व्यक्तिको ज्यान गएको छ । भरियाको रुपमा मनास्लु पदयात्रामा गएका बखत २७ वर्षीय तिसबहादुर गुरुङ ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी मित्रबन्दु शर्माले जानकारी दिए ।
धार्चे गाउँपालिका–४ लाप्राकका गुरुङ फ्रान्सेली नागरिकको भारी बोकेर पदयात्राका लागि गएका थिए । शुक्रबार राती ११ बजे चुमनब्री गाउँपालिका- १ साम्दोमा उनको ज्यान गएको प्रहरी जनाएको छ । गुरुङ शव पोष्टमार्टनका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।




















