×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गगन थापाले संसद्‌मा भने, ‘प्रधानमन्त्री बालाई विश्राम लिनुहोस् भन्न किन सक्दैनौं ?’

  •  
  • बुधबार, भदौ १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन किन नभनेको भन्दै सत्तारुढ नेकपासँग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले बहुमतमा रहेको नेकपा कम्युनिस्ट पार्टीले सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्ने स्थितिमा ओलीलाई विश्राम दिन नचाहेको भन्दै आश्चर्य प्रकट गरे ।

    ‘संसद्‌मा नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ। सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्छ। १ सय १ प्रधानमन्त्री हुनुभएका व्यक्ति यो पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्री हुन इच्छा राख्ने व्यक्तिहरु पनि हुनुहुन्छ’, उनले भने, ‘यस्तो बेलामा हामी विश्राम लिन किन चाहिरहेका छैनौं?’

    आफूहरुले पनि विगतमा गल्ती गरेको भन्दै सांसद थापाले त्यस्तै अन्याय नगर्न आग्रह गरे। ‘मैले धेरैपटक नेकपाका युवा नेताहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ’ उनले भने, ‘हामी हाम्रा बा बिरामी हुनुभएको भए के भन्थ्यौं। बा धपेडी नगर्नुस्। बा आराम गर्नुहोस्। बा विश्राम गर्नुहोस्। हामी हाम्रो बालाई त्यसो भन्छौं। प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं?’

    सांसद थापाले मुलुकको कार्यकारी प्रमुख एक पटक लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीति मर्यादा जोखिममा पर्ने र शासकीय जिम्मेवारी पूरा नहुने भन्दै आपत्ति जनाए। ‘दुई/तीन महिनामा १०, १२ दिन विदेश गएर टेलिप्रिजेन्टस्मार्फत मन्त्रीहरुको ब्रिफ्रीङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन’ उनले भने। प्रतिपक्षी कांग्रेसले सिंगापुरबाट प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद्‌ बैठक चलाएको भन्दै विरोध गर्दै आएको छ।

    प्रधानमन्त्रीले विदेशमा उपचार गरेबापत सरकारी कोषबाट खर्च नलिने विषयको कांग्रेसले स्वागत गरेको छ। तर, प्रधानमन्त्रीको उपचारको बारेमा सरकारले संसद्लाइ यथार्थ जानकारी नगराएको भन्दै सांसद थापाले असन्तुष्टि जनाए। ‘जनताले आफ्नाे प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ। मृर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशीलता, योगदान संसारको लागि नमुना बनोस्’ उनले भने।

    प्रधानमन्त्री ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचार क्रममा नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा प्लाज्माफेरेसिस गराइरहेको छ । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया सुरु भएको हो ।

    ओली भदौ ५ देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका छन् ।

    कान्तिपुर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.