×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

ब्रेक्जिट: सहमतिरहित ‘नो-डील ब्रेक्जिट’ भनेको के हो

  •  
  • बुधबार, भदौ १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया अर्थात् ब्रेक्जिबारे लामो समयदेखि त्यहाँ जारी राजनीतिक बहसले पछिल्लो समय निकै चर्को रूप लिएको छ।

    युरोपेली सङ्घसँग सहमति गरेर ब्रिटेन उक्त गठबन्धनबाट बाहिरिने कि कुनै सहमतिबिना सीधै बाहिरिने भन्ने विषयमा ब्रिटेनको पछिल्लो राजनीति ध्रुवीकृत देखिन्छ।

    बिना कुनै सम्झौता अर्थात् अङ्ग्रेजीमा नो-डील ब्रेक्जिटको सम्भावनालाई वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले जोडदार रूपमा अघि बढाएका छन्।

    उनकी पूर्ववर्ती प्रधानमन्त्री टरिजा मेले ईयूसँग ब्रेक्जिटका लागि हासिल गरेको सहमति उनको पार्टी र देशको संसद्‌बाट समेत पटकपटक अस्वीकृत भएपछि उनले पदबाट राजीनामा दिएकी थिइन्।

    बोरिस जोनसनले आगामी अक्टोबर ३१ तारिखमा जुनसुकै अवस्थामा पनि ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिने अर्थात् नो-डील ब्रेक्जिटमा समेत जाने भन्दै आएका छन्।

    नो-डील ब्रेक्जिट भनेको के हो त ?

    जनमत सङ्ग्रहको नतिजाअनुसार ब्रिटेनले युरोपेली सङ्घको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिँदा ‘नो-डील’ को परिदृश्यमा ब्रिटेन र ईयू दुई पक्षबीच हालका सबै सम्बन्ध विच्छेद गरेर बहिर्गमनमा अघि बढ्ने र भावी सम्बन्धबारे कुनै पनि ठोस सहमति हुँदैन। ब्रिटेन तत्काल उक्त गठबन्धनबाट बाहिरिन्छ।

    रातारात ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट बाहिरिन्छ।

    ती प्रावधानहरू ईयूका सदस्य राष्ट्रहरूबीच जाँच र आयातकरको व्यवस्था व्यापारिक कारोबारबिना नै सहज ढङ्गले सञ्चालन हुन सकोस् भनेर स्थापना गरिएका हुन्।

    नो-डीलको मतलब युरोपेली अदालत र युरोपोलजस्ता ईयूका संस्थाहरूबाट तत्काल बाहिरिनु पनि हो।

    त्यसैगरी औषधिदेखि लिएर ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका दर्जनौँ प्रशासकीय निकायहरूको सदस्यताको पनि अन्त्य हुनेछ।

    यूकेले ईयूको बजेटमा पनि आफ्नो योगदान दिनु पर्नेछैन- जुन हाल वार्षिक नौ अर्ब पाउन्ड जति रहेको छ।

    भूतपूर्व प्रधानमन्त्री टरिजा मेको सहमति प्रस्तावअनुसार (जुन प्रस्ताव संसद्‌मा तीन पटकसम्म अस्वीकृत भएको थियो) ब्रेक्जिट प्रक्रियाअन्तर्गत ब्रिटेन ईयूबाट बाहिरिएपछि २१ महिनाको सङ्क्रमणकालीन अवधि कायम रहने थियो।

    त्यस्तो समय प्राप्त भएको भए हालको सम्बन्धको अवस्थालाई कायमै राख्‍दै नयाँ व्यापारिक सम्झौता गर्नका लागि दुवै पक्षलाई केही होलो हुने थियो।

    बोरिस जोनसन

    यो कसरी अघि बढ्छ ?

    टरिजा मेको प्रस्ताव असफल भएपछि ब्रेक्जिटको लागि समयसीमा ३१ अक्टोबरलाई तोकिएको थियो।

    यो समयसीमासम्ममा बिनासहमतिको (नो-डील) ब्रेक्जिटलाई टार्नका लागि यूकेको सरकारले ब्रेक्जिटको योजनासम्बन्धी एउटा कानुन पारित गर्नुपर्छ, ईयूको तर्फबाट समय थप गरेर अर्को समयसीमा निर्धारण गर्नुपर्छ वा ब्रेक्जिटलाई नै स्थगित गर्नुपर्छ।

    थुप्रै राजनीतिज्ञहरू नो-डीलको विपक्षमा छन्।

    तिनीहरू भन्छन् त्यसबाट देशको अर्थतन्त्रमा क्षति पुग्न जानेछ र उत्तरी आइअरल्यान्ड र आइअरल्यान्ड गणतन्त्रकाबीच सीमानाका राख्‍नुपर्ने अवस्थाको सिर्जना हुन जानेछ।

    तर अन्य केही राजनीतिज्ञहरू नो-डीलको समर्थनमा छन्। उनीहरू भन्छन् – त्यस्तो ब्रेक्जिटपछि देखा पर्ने अप्ठ्याराहरूलाई छिटै हल गर्न सकिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.