गाेरखा समाचारदाता
गाेरखा – अफगानिस्तानको राजधानी काबुलमा भएकाे बम विस्फाेटमा परी २ जना नेपालीकाे मृत्यु भएकाे छ ।
राजधानी काबुलस्थित ग्री भिलेज क्याम्पमा भएको बम विस्फोटमा परी २ जना नेपाली सहित १६ जनाको मृत्यु भएको थियाे ।
घटनामा १ सय १९ जना घाइते भएका छन् । पाकिस्तानको इस्लामवादस्थित नेपाली दुतावासले आत्माघाती हमलामा २ जना नेपालीको मृत्यु भएको पुष्टी गरेकाे छ ।
मृत्यु भएका २ जना नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएका गार्दा वल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए । घटनाका बेला क्याम्प करिब १ सय १८ जना नेपाली र केही नेपाली भाषी भारतीय नागरिक सुरक्षा गार्डको रुपमा तैनाथ थिए ।



