गाेरखा समाचारदाता
गाेरखा – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभरकाे मौसममा बदली भइ बर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ ।
मनसुनी वर्षा गराउने प्रणाली नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण आज देशकाे अधिकांश भू-भागमा पानी पर्ने पूर्वानुमान गरिएको हाे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही समय घाम लागेपनि फेरि पानी पर्ने र राती पनि धेरै जस्तो स्थानमा चट्याङ सहित बर्षा हुने पूर्वानुमान गरिएको छ ।
ठूलो बर्षा भएमा पहाडी भूभागमा पहिरो र नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना भएकाले हिँडडुल गर्दा सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।




















