गाेरखा समाचारदाता
गाेरखा – काठमाडौको स्वयम्भूका एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरीएको छ।
नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो।
प्रहरीले अनुसन्धान लागि ३ जना पक्राउ गरी अनुसन्धान गरी रहेको छ।
बस्नेतलाइ बायाँ छातीमा छुरा प्रहार गरिएको छ। साेमबार राति बस्नेत र उनका केही साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको आशंका गरिएको छ।
त्यस्तै गरी राजधानीकाे कलंकीमा रहेको नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिएका छन ।
कामदार गम्भीर घाइते भएका कारण उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।



