गाेरखा समाचारदाता
गाेरखा – मुसिकोटमा श्रीमानले श्रीमतीको विभत्स हत्या गरेका छन् ।
मुसीकोट नगरपालिका-३ का नवीन खड्काले श्रीमती कमला बुढाथोकी खड्काको खुकुरी प्रहार गरी विभत्स हत्या गरेकाे मुसिकाेट प्रहरीले जानकारी दिएकाे छ ।
मादक पदार्थ सेवन गरेका नवीनले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
घटना घटाएर भाग्दै गरेकाे उनलाइ प्रहरीले जंगलबाट नियन्त्रणमा लिएकाे थियाे ।
श्रीमतीलाई काटेर टाउको, शरीर छुट्टाछुट्टै झोला र थैलामा हालेर फाल्ने बेला छोराछोरीले हारगुहार गरे पछी गाउँलेले थाहा पाएका थिए ।



